Websoft University

जनप्रनिनिधिहरु नै आन्दोलनमा


मोहन कुमार राई-संखुवासभा,श्रावण १ गते । रातो तारा डट कम,संखुवासभा,मालपोत कार्यालयले घरजग्गाको कर बढाएको भन्दै जिल्लाको चैनपुर, धर्मदेवी, मादी र पाँचखपन नगरपालिकाका जनप्रनिधिहरु आन्दोलनमा उत्रीएका छन् । 

गत आषाढ ३१ गते संखुवासभाका प्रमुख जिल्ला अधिकारी एवं घरजग्गा न्युनतम मुल्याङ्कनका अध्यक्ष जीवन प्रसाद दुलाको अध्यक्षतामा बसेको वैठकले २०७६÷०७७ को जग्गा रजिष्ट्रेशन लिखत पारित प्रयोजनको लागि मालपोत नियमावली २०३६ को नियम ५ ख बमोजिम गठित न्युनतम मूल्याङ्कन समितिको बैठकले घरजग्गाको  मूल्याङ्कन  श्रावण १ गतेबाट लागू हुने गरी निर्णय गरेसँगै जनप्रनिधिहरु आन्दोलनमा उत्रीएको हो । 

९००% भन्दा माथि मूल्याङ्कनमा वृद्धि :-
चैनपुर नगरपालकाले प्रस विज्ञप्ती जारी गरेर घरजग्गा सम्वन्धी कारोबार, रजिष्ट्रशन, राजिनामा पास लगातको काम ७ गते सम्म नगर्न मालपोत कार्यालय, लेखापढी व्यसायीलाई आग्रह गरेको छ  । चैनपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भरत खण्डकाले गत आ.व.को मुल्य निर्धाण समितिले  भन्दा यो वर्ष ९ सय प्रतिशत माथि बढाएकोले आन्दोलनमा जानुपरेको वताउनुहुन्छ । 

चैनपुरमा रहेको मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी कार्यहरु हुने  ४ वटै नगरपालिकाले घरजग्गा सम्वन्धी कुनै पनि सिफारिस नदिने समेत खुलासा गर्नुभयो । ७ गतेसम्ममा संशोधन होस । यी कुरालाई वेवास्ता गरी सुनुवाई नभए थप जनता सहित चरणवद्ध आन्दोलन हुने घोषणा समेत गर्नु
भयो । 

जनप्रतिनिधिहरुले विज्ञप्ती मालपोत कार्यालय, नापी कार्यालय, वडा कार्यालय, बजारक्षेत्रमा समेत टास गरेको छ । चैनपुर वडा नं. ५ का वडाध्यक्ष कालीबहादुर लिम्बूले जग्गासम्बन्धी राजस्व, कर अत्यधिक बढाउदा घरजग्गा किन वेच लगायत राजश्व सर्वसाधरणले बुझानै नसक्ने गरी बढाएको दावी गर्नुुभयो । 

मूल्याङ्कनको आधारहरुः-
मालपोत कार्यालय चैनपुरका मालपोत अधिकृत ढुविन्द्र प्रसाद बरालले जग्गा नाप जाँच ऐन  तथा नियमावली बमोजिम निधार्ण भएको जग्गा को किसिम, पूर्व मूल्याङकन पुस्तिका, बढ्दो सहरीकरण, घरजग्गाको मुल्य वृद्धि, जनसंख्या वृद्धि , तथा भौतिक पूर्वाधार विकास लगायतको आधारमा मुल्याङ्कन गरिएको वताउनुभयो । 

पक्की मोटरबाटो, कच्ची बाटो, गोरेटो बाटो, खेतीयोग्य जमिन, अँलैची खेति,पाखो, घरको किसिम अनुसार फरक फरक मूल्याङ्कन गरिएको समेत मालपोत अधिकृत बरालले वताउनुभयो । 

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.