Websoft University

मुर्कुची बजारमा बाढीले बगाएर १३ बर्षिय बालकको मृत्यु


श्याम राई-गाईघाट असार ३१ गते । रातो तारा डट कम, उदयपुरको रौतामाई गाउँपालीका–७ को मुर्कुची बजारमा बाढीले बगाएर १३ बर्षिय बालकको मृत्यु भएको छ ।

सोमबार साँझ परेको बर्षाले बजार देखि झण्डै १ किलो मिटर उत्तर तर्फको छौँडिया खोलाको बाढीले बगाएर वेपत्ता भएका स्थानिय अर्जुन तामाङ्गका १३ बर्षिय छोरा आर्यन तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाएर वेपत्ता भएर उनको शव मंगलबार विहान त्रियुगा नगरपालीका–६ मोहनपुरमा भेटिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी विर वहादुर वुडा मगरले बताए ।

गुराँसेमा पहिरो गएर खोला थुनिएपछी बजारतर्फको तटबन्ध भत्काएर बाढी मुर्कुची बजारमा पसेको गाउँपालीका का अध्यक्ष गजेन्द्र खड्काले बताए । बजारमा बाढी पसेपछी राती देखिनै प्रहरीले स्थानिय बासिन्दाको उद्धार गरेका थिए । बाढीले ठुलो क्षति गरेपनी विस्तृत विवरण आउन सकेकोछैन । घट्ना लगतै सदरमुकाम गाईघाट बाट प्रमुख जिल्ला अधिकारी ध्र्र्रुव खड्का सहितको टोली घट्ना स्थलमा पुगेको छ । 
मुर्कुची बजारमा यस अघि २०५७ सालमा पनी छौँडिया खोला बजार पसेको थियो । बाढीले त्यसवेला केहि बस समेत बगाएको स्थानिय छेटु सेर्पाले बताए ।

त्यसैगरी सोमबार राती पहिरोले घर बगाउँदा रौतामाई गाउँपालीका–८ मा एक महिला वेपत्ता भएकी छिन् । राती परेको बर्षा सँगै माथि डाँडाबाट गएको पहिरोले घर बगाउँदा डिल्लीवरकी ५५ बर्षिया रणमायाँ रिखाम मगर वेपत्ता भएको प्रहरीले जनाएको छ । 

घरमा अरु को को थियो भन्ने वारे केहि खुल्न नसकेको गाउँपालीका का अध्यक्ष खड्काले टेलिफोन मार्फत जानकारी दिए ।
‘हामीले मंगलबार विहान मात्र जानकारी पायौँ ,घट्ना अघिल्लो दिन या आज भयो भन्ने वारे केहि खुलेको छैन ।’ उनले भने । पहिरो गएर गाउँलेहरुबाट जानकारी पाएको उनले बताए । वेपत्ता महिलाको खोजीमा प्रहरी टोली परिचालन भएको उनले बताए । 

पहिरोले घर बगाएको वस्तीमा अन्य १७ घर पनी जोखिममा रहेकोले वस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको उनले बताए ।
                                                                   





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.