Websoft University

सुन्दरहरैचामा जैविक तथा अजैविक फोहोर व्यवस्थापन तालिम सम्पन्न


शिव भट्टराई सुनसरी असार  १७ गते । मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं ६ स्थित साना किसान कृषि सहकारी संस्थाको सभाहलमा मंगलवार जैविक तथा अजैविक फोहोर व्यस्थापन सम्बन्धी १ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ।आशा नेपाल सुन्दरहरैचा मोरंग साथै सुन्दरहरैचा नगरपालिकाको सहयोगमा आयोजित यस कार्यक्रममा प्रदेश नं.१ का माननीय सवासद चुमनारायण तवदारको प्रमुख अतिथ्यता त्यसैगरी संस्थाका अध्यक्ष चण्डिका वास्तोलाको सभापतित्व रहेको थियो ।

कार्यक्रममा नगरपालिकाको फोहोर व्यवस्थापनका लागि १२ वटै वडाका चोकचोकमा वडा अध्यक्षहरुद्वारा डस्टबिन वितरण गरिएको थियो।कार्यक्रममा प्लास्टिकको बोत्तल , पसलबाट ल्याएका प्लास्टिकको प्रयोग कसरी गर्ने त्यसैगरी फोहोर कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रशिक्षण दिईएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले फोहोर व्यवस्थापनका लागि संस्थाले निकै राम्रो काम गरेको भन्दै प्रोत्साहन  गरेका थिए भने यस्ता सामाजिक कार्यकालागी आफुले सहयोग गर्न संधै तयार रहेको कुरा बताए।

कार्यक्रममा सोहि संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी कोइरालाले स्वागत मन्तव्य दिएका थिए।त्यसैगरी कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वार्ड नं .३ का वार्ड अध्यक्ष जीवन ढुंगाना , वार्ड नं.४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ, वार्ड नं ६ का वार्ड अध्यक्ष जीवन राई ,वार्ड नं ७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने सो कार्यक्रम संस्थाका उपाध्यक्ष अनुरोध शाहले संचालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.