Websoft University

तराईमा डुबान–पहाडमा पहिरोको जोखिम बढ्यो–अइौं केहि दिन सम्म पानी पर्ने



काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार हाल मनसुन न्यूनचापिय रेखा नेपालको तराई भू–मा पर्ने जनाएकोछ । यो सँगै मध्य र पुर्वी  भूभागमा रहेको न्यून चापिय क्षेत्रका कारण अइौं केहि दिनसम्म मनसुन  नेपालमा अति सक्रिय भइरहने संकेत गरिएको छ । 

लगातारको वर्षासँगै बाढि र पहिरोको उच्च जोखिम रहेकाले सचेत रहन महाशाखाले सबैमा आग्रह समेत गरेको छ । देशका अधिकांश स्थानमा पूर्ण बदली रही मध्यपूर्वका केही स्थान र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको महाशाखाले जनाएको आज पनि जनाएको छ । 

हिजोदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । आइतबारसम्म देशका अधिकांश भू–भागमा मनसुन सक्रिय रहन सक्ने अनुमान गरिएकोछ । देशका अधिकांश भू–भागमा बदली र भारी वर्षाको सम्भावना भएकाले सबैजसो नदीमा बाढीको जोखिम उच्च रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीबाट खासगरी प्रदेश १ र २ को तराई क्षेत्र र प्रदेश ५, ६ र ७ को तराईका केही होचा स्थानमा डुबान हुनसक्ने सम्भावना रहेको बताइएको छ । 

देशभर वर्षा र बाढीको सम्भावनाबाट सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । नदिको किनारामा बसोवास गर्ने वा त्यस्ता ठाउँका वस्तीमा बाढि आउने संमभावना बड्ेकाल,े बाढि र पहिरोबाट जोगिन सतर्क सर्तकता अपनाउनु पर्ने दिखिएकोछ ।

कोशी नदिमा पानीको बहाव बढी सकेकोछ भने देशको पश्चिम क्षेत्रमा पनि बाढि पहिरोको सम्भावना उच्च रहेको छ । लगातारको वर्षासँगै कोशि, कर्णाली र त्रिशुली नदिमा पनि पानीको बहाब बढेको छ । त्यससँगै अन्य नदिहरुमा पनि पानीको बहाब बढ्दा लाखाँै वस्ती ढुवानको जोखिममा परेका छन् । 

महाशाखाका अनुसार काठमाडौँ उपत्यका लगाएत देशका तराईका सर्लाही धनुषा महोत्तरी सिन्धुली, रौतहट, बारा, पर्सा तथा यसका आसपासका क्षेत्रहरुमा हिजो हावाहुरी सहितको वर्षा भएको थियो । काठमाडौं उपत्यकामा केहिदिनदेखि निरन्तर वर्षा भइरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.