Websoft University

फोक्सिनटारस्थीत सुनकोशीमा निर्माणधिन मोटरेवल पक्कि पुलको काम अलपत्र-सरकार चै वेखवर


श्याम राई,उदयपुर-गाईघाट,असार २४ गते । 
रातो तारा डट कम,गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिनटारस्थीत सुनकोशीमा निर्माणधिन मोटरेवल पक्कि पुलको काम अलपत्र परेको छ ।

ठेकेदारले सुस्त गतिमा काम अघि बढाउदा निर्धारीत समय सकिएको ३ महिना वितिसक्दा पनि पुल निर्माणको काम दृत गतिमा हुन सकेको छैन । २०७५ चैतमै काम सम्पन्नगरि सक्नु पर्नेमा अहिले सम्म पुलको फाउण्डेसन मात्र तयार भएको छ । अहिले सम्म २० देखि ३० प्रतिशत मात्र पुल निर्माणको काम भएको छ ।’ सडक विभाग पुल आयोजना पूवि क्षेत्र न. १ का आयोजना प्रमुख कैलाश साहले बताए । ‘ ठेकेदार कम्पनीलाई पटकपटक काम चाँडो सक्न निर्देशन दिएका छौ ।’ आयोजना प्रमुख साहले भने ।

२०७३ चैत २४ गते सम्ममा पूरा गर्नेगरि ‘सस्पेन्सन ब्रिज’ निर्माण गर्न २०६७ चैत २३ गते ठेक्का लागेको तर ‘ आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै पुल आयोजना कार्यालयले २०७३ कार्तिकमा डिजाईन परिवर्तन गरेको थियो । ठेकेदारले पुल निर्माणमा चरम लापरवाही गरेकै कारण निर्धारीत समयमा पुल निर्माणको काम हुन नसकेको स्थानीय बासिन्दाले बताएकाछन् ।

पुल निर्माणमा ढिला सुस्ती गरेको भन्दै ठेकेदार कम्पनी गौरी पार्वती वाईजी जेभीलाई जन प्रतिनिधिहरुले कालो सुचीमा राखेर कार्यवाहीको माग गरेकाछन् । खोटाङंबाट प्रतिनिधित्व गर्ने संघिय संसदका सदस्य विशाल भट्टराईले गृह मंत्रीलाई कार्यवाहीको माग राखेका थिए ।

फोक्सिनटारको भौगोलिक अफ्ठेरोको कारण ‘सस्पेन्सन ब्रिज’ निर्माणमा ढिलाई हुने भएपछि डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको सडक विभागले जनाएको छ । झण्डै १९ करोड ६० लाख रुपैयामा पुल निर्माण गर्ने ठेक्का पाएको उक्त कम्पनीले भने  भौगोलिक अफ्ठेरोको कारण पुल निर्माणले गति लिन नसकेको जनाएको छ ।
पुल निर्धारीत समयमा बन्न नसक्दा सरकारले वर्षेनी करोडौ रुपैया बेलिब्रिज जडानमा खर्च गर्दै आएको छ । सुनकोशीमा वर्षादको समयमा बेलिब्रिज खोलिने र हिउँदमा जडान गर्ने कामको लागि अहिले सम्म झण्डै ८ करोड रुपैया फुजुल खर्च भैसकेको छ ।



                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.