Websoft University

लगातारको वर्षाले राजमार्ग अबरुद्ध–गृहले गर्यो सर्वसाधारणलाई अपिल


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,लगातारको वर्षाले गर्दा देशभरका तराइ र पहाडी क्षेत्रका राजमार्ग बाढी र पैहिरोको चपेटामा परेका छन । प्रहरीले दिएको जानकारी अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डको बाटोमा पनि गाडीहरु नचल्ने अवस्थामा छन् । पूर्वपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ । धनकुटा पाख्रिवाट ७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी चुवाचुङ सडकखण्ड पनि ठप्प भएको छ । ओखलढुंगाको मानेमञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ । देशभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेकोछ । स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.