Websoft University

दुग्ध विकास नीति परिमार्जन गर्ने सरकारको तयारी हुदै


बिराटनगर असार १९ गते । रातो तारा डट कम,सरकारले दुग्ध विकास नीति २०६४ परिमार्जन गर्ने भएको छ । दुग्ध विकास नीति २०६४ को कार्यविधि दुग्ध विकास बोर्डबाट कार्यान्वयनको लागि तत्कालिन कृषि विकास मन्त्रालयमा गएपनि कार्यान्वयन नभएपछि त्यसलाई परिमार्जनको तयारी सुरु भएको हो ।

१२ वर्षसम्म कार्यान्वयनमा आउन नसकेपछि अब थप नयाँ विषयलाई समावेश गरी किसानलाई अझ बढि फाइदा पुग्ने किसिमले नीति परिमार्जन गरेर कार्यान्वयनमा ल्याइने कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले जनाएको छ । दुग्ध विकास नीति २०६४ मा लेवी उठाउने र दुग्ध कोष खडा गरि दुग्ध क्षेत्रको विकास गर्ने कुरा उल्लेख गरिएपछि व्यवसायीहरुले असन्तुष्टि जनाउँदै नीति कार्यान्वयन गर्न दिएका थिएनन्् ।

अब भने सारोकारवालाको छलफल पछि नीतिमा परिमार्जन गर्ने र थन्काएर नराखिने कृषि तथा पशुपन्छि विकास राज्य मन्त्री राम कुमारी चौधरीले दावी गर्नुभयो । व्यवसायिक रुपमा, गाई भैंसी पाल्ने ४ लाख भन्दा धेरै किसान देशभरका सहकारीमा आवद्ध रहेको तथ्यांक दुग्ध विकास वोर्डको छ।

अब भन्ने नितिमा किसानहरुको कुरालाई विशेष ध्यान दिनुपर्ने किसान आयोगका विषय विज्ञ उदय चन्द्र ठाकुरको भनाई छ । सरकारले पनि दुग्ध क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको छ । तर अहिलेसम्म किसानलाई समेट्ने विषेश नीति विनै सरकार अघि बढिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.