Websoft University

भेइकल एण्ड कन्साइनमेन्ट ट्रेकिङ सिस्टमका बारेमा जानकारीमुलक छलफल कार्यक्रम सम्पन्न


बिराटनगर असार  १८ गते । रातो तारा डट कम,उद्योग संगठन मोरंङ र राजस्व अनुशन्धान विभागको संयुक्त आयोजनामा भेइकल एण्ड कन्साइनमेन्ट ट्रेकिङ सिस्टम (भि.सि.टि.एस) का सम्बन्धमा जानकारीमुलक छलफल कार्यक्रम आज २०७६ असार १८ गते संगठनको सचिवालयमा सम्पन्न भयो । 

कार्यक्रममा उपस्थित सवैको स्वागत गर्दै संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले श्रावण देखि राजस्व अनुसंधान विभागले लागु गर्न लागेको भेइकल एण्ड कन्साईण्डमेन्ट ट्रेकिङ सिस्टमको के हो, यसको कार्यन्वयनबाट कस्ता चुनैतिहरु उद्योगी÷व्यवसायीले भोग्नुपर्छ, यसबाट हुने फाईदा र बेफाईदा के के हुन, यो सिस्टमलाई व्यवहारीक रुपमा कसरी कार्यन्वयनमा ल्याउन सकिन्छ लगायतका विषयमा जानकारी गराउन आवश्यक देखिएकाले राजश्व अनुसन्धान विभागसंग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको वताउनु  भयो । 

उहाँले भि.सि.टि.यस सिस्टम कार्यान्वयन उद्योगीव्यवसायीले गर्नुपर्ने भएकाले सबैले यस सम्बन्धी जानकारी राख्नु पर्ने धारणा राख्नु भयो । कार्यवाहक अध्यक्ष्ँ प्याकुरेलले वेभमा आधारीत कार्य भएकाले व्यवहारिक रुपमा कार्यान्वयन गर्दा समस्या आउन सक्ने तर्फ विभागको ध्यान आकृष्ट गराउदै लागु गर्नुपूर्व व्यवहारिक कठिनाई हल गदै लैजानु पर्नेमा जोड दिनु भयो । 

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले व्यवसायीक पारदर्शिता कायम गर्नू र व्यवसायलाई सहज वनाउन भि.सि.टि.यस ले मद्त पु¥याउने र उत्त पदती श्रावण महिना देखि विभागले लागु गर्न लागेको जानकारी गराउदै रिटेलर वाहेक अन्य व्यवसायीले कार्यान्वयन गर्नु पर्ने वताउनु भयो । 

महानिर्देशक मैनालीले शुरुवातमा केहि कठिनाई आएतापनी विभागले त्यस्ता बाधा अड्चन फुकाउदै लैजाने बताउनु भयो । उहा“ले भि.सि.टि.यस लाई व्यवसाय मैत्री वनाउन उद्योग÷व्यवसायीको सहयोग आवश्यक हुने भएकाले सहयोगात्मक भावनाले सिकाउदै लैजाने र काम गदै जादा त्रूटि आए सच्याउन सकिने जानकारी गराउनु भयो । 

संगठनका उपाध्यक्ष प्रदिप मुरारकाले वेभमा आधारित भएर ईन्ट्री गर्नू पर्ने भएकाले व्यवहारीक रुपमा कठिनाई सिर्जना हुन सक्ने तर्फ सजग  गराउदै सिस्टममा सुधार ल्याउनु पर्नेमा जोड दिनु भयो । 

संगठनका उपाध्यक्ष राकेश सुरानाले सिस्टम कार्यान्वयनमा ल्याउदा गैर कानुनी व्यापारलाई निरुत्साहित गर्ने मद्त पुगी वैध व्यापार वृद्धि हुने वताउनु भयो । उहा“ले ईन्टरनेट सुबिधा सस्तो र सुलभ नभएकाले ईन्टरनेटको गुणस्तर सुधार गरी सस्तो वनाउनु पर्नेमा जोड दिनु भयो ।

संगठनका पूर्व अध्यक्ष्ँ सुशिल धनावतले व्यवहारकि कठिनाईलाई दृष्टीगत गर्दै श्रावण एक गते देखि लागु गर्नू भन्दा पहिला यस सिस्टमका सम्बन्धमा जनचेतनाका कार्यक्रम आयोजना गरी केहि महिनाको समय दिई मात्र लागु गर्न विभागलाई अनुरोध गर्नू भयो । 

कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक राम प्रसाद रेग्मीले भि.सि.टि.यस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोग विधि, डाटा ईन्ट्री गर्दा उद्योगी÷व्यवसायीले ध्यान राख्नु पर्ने कुराहरु लगाएतका विषयमा प्रकाश पार्नू भयो । 
छलफलको क्रममा उद्योगी व्यवसायीले यसको कार्यान्वयनबाट सिर्जना हुन सक्ने चुनौतीको बारेमा विभागका महानिर्देशकलाई अवगत गराउनु भएको थियो । 

कार्यक्रममा उद्योगी संगठन मोरंग, मोरंग व्यापार संघ, विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ, ट्रक व्यवसायीक संघ, पेट्रोलियम डिलर व्यवसायी संघ, थोक बिक्रेता संघ, खुद्रा बिक्रेता संघ, मदिरा व्यवसायी संघका अध्यक्ष, कार्यकारिणी सदस्यहरुका साथै उद्योगी÷ व्यवसायीहरुको बाक्लो उपस्थीती रहेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.