Websoft University

कारागारमा मानव अधिकार प्रवर्द्धन कार्यक्रम सम्पन्न

शिव भट्टराई,सुनसरी असार १८ गते । रातो तारा डट कम,
हंस वाहिनी फिल्म्स् प्रा.ली इटहरीको आयोजनामा १० वटा जिल्लामा रहेका कारागारका कैदी बन्दीहरुलाई मानव अधिकार र मनोरञ्जन गराउनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं.१ विराटनगरको सहयोगमा मानव अधिकार सचेतनामुलक कार्यक्रम सोमबार सम्पन्न भएको छ।

असार ६ गते शुक्रवार ईलामदेखि सुरु गरेर पाँचथर , ताप्लेजुङ धनकुटा , तेर्हथुम , संखुवासभा , भोजपुर , सोलुखुम्बु , ओखलढुङगा , कारागारमा गरी जम्मा प्रदेश नं.१ का १० वटा जिल्लामा पुगि सोमबार खोटांग जिल्लाको दिक्तेल कारगारमा कार्यक्रम गरी भव्य समापन गरिएको छ।

कार्यक्रममा गंगा गौतमले गीत गायकी थिईन भने शिव भट्टराई भोजपुरे, कृष्ण नेपाल ,कल्पना पाण्डे , सुष्मा तिम्सिना , ओम बस्नेत , निशु बस्नेत, रोहिता भट्टराई लगायतले गीत , नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए।

हंस वाहिनी फिल्म्स् प्रालिका संयोजक कृष्ण नेपालले कैदीबन्दीको जीवन अर्थपूर्ण बनाउन आयोजना गरिएको मनोरञ्जनात्मक क्रियाकलाप फलदायी हुने आशा राखेको बताएका छन्।त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं.१ बिराटनगरका अधिकृत विजय मगरले सो कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गरेकोमा हंस वाहिनी फिल्म्स् प्रा.लि  साथै कलाकारहरुलाई धन्यवाद व्यक्त गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.