Websoft University

शृष्टि खड्काको म्युजिक भिडियो सार्वजनिक


काठमाडौ असार २५ गते । पुष्पल खड्का र शृष्टि खड्का अभिनित म्युजिक भिडीयो आउँन माया सार्वजनिक भएको
छ । अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत र बिरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।

राजकुमारी मेलामा जादाको रमाइलो दृश्यलाइ भिडीयोमा कैद गरिएको छ । भिडीयोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन्  । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

 भिडीयोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समाबेस गरिएको छ । सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडीयोमा उत्सब दाहालको ,बिकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समाबेस रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.