Websoft University

धानमन्त्री द्घारा गोष्ठीको उद्घाटन


काठमाण्डौ असार ३१ गते । रातो तारा डट कम,धानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताउनुभएको छ । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

वन तथा वातावरण मन्त्रालय द्घारा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । नेपालको भू बनावटका कारण  संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताउनुभएको छ । सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था  गर्दै आएको समेत बताउनु भयो ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.