Websoft University

ब्राउन सुगर सहित २ जना पक्राउ


झापा, श्रावण ५ गते । रातो तारा डट कम,झापाको मेचिनगर नगरपालिका-६ भन्सार गेट अगाडीबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । 

आज दिउँसो साढे ३ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको मे १० प १६८७ नम्बरको मोटरसाईकलमा सबार ब्यक्तिहरु लाई ईलाका प्रहरी कार्यालय काकडभिट्टा बाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्ने क्रममा चालक जिल्ला झापा कमल गाउँपालिका-४ केर्खा बस्ने ३१ बर्षिय मोहन सुबेदी र पछाडी सवार सोही गाउँपालिका-३ बस्ने २८ बर्षिय युवराज गुरुङले मुखमा हाली ल्याएको ३ ग्राम ब्राउन सुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.