Websoft University

सिद्धिचरण राजमार्गको कटारी–घुर्मि सडक खण्ड बाढीले बगाए पछि यातायात अवरुद्ध भएको छ


श्याम राई-गाईघाट,असार २९ गते । रातो तारा डट कम, अविरल वर्षाले सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मि सडक खण्डको ठाटीमा सडक बगाएपछि शनीबारदेखि उक्त सडक खण्डमा यातायात अवरुद्ध बनेको छ ।

केही दिनदेखि निरन्तर परिरहेको वर्षाले ठाटी भिरदेखि झण्डै ५० मिटर अगाडीको बाटो भत्काएपछि खोटाङं, सोलुखुम्बु र ओखलढुंगा जिल्लासँगको यातायात सेवा विच्छेद भएको छ । उक्त सडक खण्डको दुबै तर्फ सयौ सवारी साधनहरु जाममा परेको यातायात व्यावसायी साङ्ग दोर्जे शेर्पाले बताए ।
झण्डै १०० मिटर बाटो पूरै भत्किएको छ । साना गाडी समेत छिर्ने ठाउँ छैन ।’ उनले भने,‘ बाटो बगाएको ठाउँदेखि दुबै तर्फ धेरै सवारी साधन जाममा परेको छ ।’
रोकीएको सवारी साधनदेखि यात्रुहरु घण्टौ लगाएर आवतजावत गरिरहेको बताए । अवरुद्ध बाटो खुलाउने प्रयास भैरहेको कटारी उद्योग वाणिज्य संघका सदस्य पवन श्रेष्ठले बताए ।‘ बाटो मर्मत गरेर यातायात सूचारु गर्नको लागि ईलाका प्रशासन कार्यालय कटारी मार्फत सडक डिभिजन कार्यालय लाहानलाई अनुरोध गएिको  उनले बताए ।
अहिले पनि निरन्तर पानी परिरहेकोले बाटो मर्मत संभारमा समस्या परेको उनले बताए ।

सिद्धिचरण राजमार्गको उक्त खण्डमा वर्षादको समयमा वर्षेनी बाटो भत्किने र पहिरो जाने गरेको छ । गत वर्ष पनि उक्त ठाउँमा गएको पहिरोको कारण केही दिन यता यातायात अवरुद्ध बनेको थियो ।
                     

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.