Websoft University

पुस्तक प्रदर्शनीमा ७ लाखको खरिदबिक्री


काठमाडौँ,असार २४ गते । रातो तारा डट कम,नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए ।

रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिनुभयो । विभिन्न समयमा प्रकाशित भएका कृति तथा पत्रपत्रिका समेत गरी करीब ४०० कृति बिक्रीका लागि राखिएको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । विभिन्न उमेर समूहका विद्यार्थी, शिक्षक, पुस्तकका पारखी, साहित्यकारका साथै पुस्तक व्यवसायीले  अवलोकन गरेको प्रदर्शनीमा करीब १० हजारले अवलोकन गरेका थिए । निजी क्षेत्रका पुस्तक प्रकाशन गृहले करीब रु चार लाख बराबरको पुस्तक खरीद गरेको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.