Websoft University

खोलाले कटान गर्न थालेपछि साकेला टोलका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ जान प्रशासनको आग्रह


श्याम राई ÷उदयपुर,गाईघाट, असार २८ गते । रातो तारा डट कम,बरुवा खोलाले तटबन्ध कटान गर्न थालेपछि स्थानीय प्रशासनले त्रियुगा नगरपालिका वडा न.११ साकेला टोलका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ । 

झण्डै ४० वर्ष अघि लगाएको तटबन्ध लाई अविरल वर्षा पछिको बरुवा खोलामा आएको बाढीले भत्काउन थालेपछि प्रशासनले सार्वजनिक सूचना जारी गरेर स्थानीयलाई सचेत गराएको हो । बरुवा बसपार्कदेखि झण्डै १ सय मिटर उत्तर–पश्चिम तर्फको बाधलाई शनीबार विहानदखि कटान गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. विर वहादुर बुडामगरले बरुवा खोलाले कटान गर्न थालेको तटबन्ध मर्मतको काम प्रहरी र सेना द्धारा भईरहेको बताए । उनले अहिले निरन्तर वर्षा भैईरहेकोले तटबन्ध मर्मतको काममा अबरोध भएको बताए ।‘ हामीले स्थानीयलाई सुरक्षित रहन आग्रह गरेका छौ ।’ 

उनले भने । १ न. प्रदेश प्रहरी कार्यालय विराटनगरले अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट अहिले सम्म १० जनाको मृत्यु भएको र ४ जना बेपत्ता भएको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.