Websoft University

लगातार परेको वर्षाका कारण २१ जनाको मृत्यु–नौ जना घाइते, आठ जना बेपता


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी मुलुकभर आज सम्म २१ जनाको मृत्यु भएको छ । ८ जना बेपत्ता छन् भने बाढी र पहिरोमा परी नौ जना घाइते भएका छन् । सात जनाको भने शकुसल उद्धार गरिएको छ । 

काठमाडौँमा र खोटाङमा तीन÷तीन जना, भोजपुर, काभ्रे, ओखलढुंगा र झापामा दुई÷दुई जना, रामेछाप, इलाम, मकवानपुर, सिन्धुली, धादिङ, ललितपुर, र पर्सामा एक÷एक जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, डीआईजी विश्वराज पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो । 

रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमान्डुमा एक÷एक जना गरी आठ जना बेपत्ता भएका छन् । अविरल वर्षले जनजीवन प्रभाति भएको छ भने ६ हजार भन्दा धेरै नागरिक विस्थापित भएका छन् । सबै भन्दा धेरै क्षति प्रदेश १, २ र ३ मा भएको छ ।

गृहमन्त्रालयले वर्षा र बाढीबाट प्रभावितहरुको उद्धार कार्य तिब्र पारेको दाबी गरेको छ । देशभर भएको बर्षाका कारण ठाउँ, ठाउँमा मानविय तथा भौतिक क्षति भएको र त्यसको लगत संकलन तथा उद्धार र राहत वितरणको काम सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी तथा उपसचिब उमाकान्त अधिकारीले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.