Websoft University

समस्या समाधानमा जुट्दै विराटनगर महानगर, मेयर पराजुलीले बाढी प्रभावित बालबालिका संगै खाए खाना



विराटनगर  असार २९ गते । रातो तारा डट कम,अबिरल बर्षाका  कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित  भएको छ ।  विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९ का मानिसहरु विशेषगरी बाढीवाट प्रभावित भएका छन् । यद्यपी बाकी रहेका वडाहरुका केही क्षेत्र डुवानमा परेका छन् । जसका कारण मानिसहरुको जनजीवन प्रभावित बन्न पुगेको छ । आइतवार दिनभर भने पानी नपरेका कारण पानिको सतह समेत घटेको र कतिपय स्थानमा जनजीवन सामान्य समेत बन्दै गएको छ ।

प्रभावित परिवारहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । उनीहरुलाई  विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको संख्या एकिन गर्ने काम समेत महानगरले गरिरहेको छ । भने स्वास्थ्य उपचारको प्रबन्ध समेत विराटनगर महानगरले मिलाएको छ । बाढीप्रभावित परिवारलाई सकेसम्म सहजरुपमा ब्यवस्थापन गर्ने कार्यमा खटिरहेको   विराटनगर महानगरका मेयर भीम पराजुलीले बताउनु भयो । बाढीप्रभावित सवै  वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अबस्था बुझ्ने काम गर्नका साथै आबश्यक प्रबन्ध गर्ने काममा जुटीरहेको मेयर पराजुलीका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

कुन वडामा के समस्या............
विराटनगर स्थित वडा नं.१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा बाढी प्रभावितहरुलाई राखिएको छ भने खानाको समेत प्रबन्ध गरिएको छ । यस स्थानका केही स्थानमा अझै पनि डुवान भइरहेको वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिनुभयो ।
वडा नंं २ को हनुमान मन्दिर छेउ र धनाबत चोक,विजुली अफिस पूर्वका केही स्थानहरुमा डुवान भएको छ । जसका कारण स्थानीयहरु प्रभावित भए पनि घरमै बसेको वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिनु भयो ।
वडा नं. ३ मा आयलनिगम पूर्वरहेको २ सय घर ,कञ्चनवारी चोक पूर्व ,औषधी व्यवस्था विभागको क्षेत्र,गोग्राहा,रेग्मीटोल लगायतका स्थानमा डुवान भएको छ । त्यहाँ जमेको पानी निकासका लागि काम गरिरहेको वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

 वडा नं ४ को इक्राइ ,पुलचोक,अमाइ,जामुनगाच्छी,विमटोल,वस्ता लगायतका क्षेत्र डुवानमा परेको छ भने स्थानीयहरु घरमै बसिरहेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिनुभयो ।
वडा नं ५ का प्राय सवै स्थान डुवान परेको तर जामुन गाच्छी,विशाल चोक बाबाजीको कुटी लगायतका केही बासिन्दा बढी प्रभावित बनेको र  राहत वितरण गर्नुपर्ने अबस्था नआएको वडाध्यक्ष मीनकुमार आचार्यले जानकारी दिनु भयो ।

वडा नं ६ मा का विभिन्न स्थानहरु डुवानमा परेका छन् । डुवान प्रभावित परिवारलाई विद्यालयमा राखिएको छ भने कतिपय स्थानीयहरु घरमै बसिरहेको वडा सदस्य चम्पादेवी खत्रीले जानकारी दिनुभयो ।

 वडा नं. ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केपनि खानाखाने प्रबन्ध नजुटेको भन्ने गुनासो आए संगै खानपिनको ब्यवस्था मिलाइएको  वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिनु भयो ।
 वडा नं ८ को सिंघाइ तट मोरङ कारागार पूर्व दक्षिण क्षेत्रका स्थानीहरु बाढीको चपेटामा परि घरवार विहिन बन्ने अवस्था आएको वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिनु भयो ।
वडा नं ९ मा सामान्य पानी जमेपनि जनजीवन सामान्य रहेको वडाध्यक्ष विस्वनाथ भगतले जानकारी दिनुभयो ।

वडा नं १० को नविन टोल ,मिनि जतुवा मार्गका केही स्थान डुवानमा परेको तर अधिकांस सवै स्थानमा नाली सहित पीच बाटो बनिसके डुवानमा नपरेको साथै स्थिती सामान्य रहेको वडाध्यक्ष माधवराज वाग्लेले जानकारी दिनु भयो ।
वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन् ,उनीहरु घरमै बसिरहेकोे वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

वडा नं. १२ को बखरी आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको छ । यहाँ केही स्थानहरुमा डुवान कायम रहेको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिनुभयो ।

वडा नं १३ मा छिटपुट समस्या रहेको वडाध्यक्ष झरिलाल महतोले जानकारी दिनुभयो ।
वडा नं १४ मा पनि वाढी समस्या रहेको छैन ।
वडा नं १५ का केही स्थानमा छिटफुट समस्या रहेको वडाध्यक्षहरुले असलम आलमले जानकारी दिनुभयो । 
 वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको साथै वडाका विभिन्न स्थानहरु डुवानमा परेको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिनुभयो ।

वडा नं १७ का केही स्थानहरु डुवानमा परेपनि अवस्था सामान्य रहेको वडाध्यक्ष समीम कमरले जानकारी दिनु भयो । वडा नं १८ का धेरै केही स्थानहरु डुवानमा परेको तर जनजीवन सामान्य रहेको वडाध्यक्ष संजय कुमार साहले जानकारी दिनुभयो । 

 वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई शुरक्षित स्थानमा बस्न आग्रह गरेपनि घर छाड्न नमानेको  वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिनु
भयो ।

मेयरले खाए वाढीप्रभावित संगै खाना ..............
बाढी प्रभावितहरुले खाने खानाको अवस्था बुझ्न आइतवार विराटनगर महानगरका मेयर भीम पराजुली वडा नं ७ को गायत्री आधारभुत बिद्यालय  पुगे । वडाध्यक्ष मधुवावु तिवारी खाना खुवाउने काममा सक्रियरुपमा खटिरहेका थिए । यही क्रममा उपमेयर इन्दिरा कार्की समेत खाना खुवाउने स्थल पुगिन् । मेयर,उपमेयर र वडाध्यक्ष समेत मिलेर सवै बाढीप्रभावित हरुलाई खाना बाढे ।

यही मेलोमा मेयर पराजुली समेत बाढी प्रभावित बालबालिकाहरु संगै बसेर खाना खान बसे । एका एक माहोल परिवर्तन भयो । बालबालिकाहरु सवै खुसी भए । संगै बसेर खाना खादै गरेका मेयर पराजुलीलाई बाढी प्रभावित बालबालिकाहले बाढीबाट बचाउन आग्रह समेत गरे । प्रतिउत्तरमा बालबालिकालाई बुझाउदै मेयर पराजुलीले केही बर्षभित्रै समस्या समाधान गर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.