Websoft University

विषादी जाँच हुदैछ–कृषि मन्त्री


काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी जाँच अहिले पनि जारी नै रहेको दावी गर्नुभएको छ । मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाबाहिर अहिले पनि ६–७ वटा ल्याबहरू रहेको मन्त्री खनालको भनाइ छ । भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले बताउनुभयो । सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरूले पालना गर्ने पनि उहाँको भनाइछ ।

विषादी परीक्षण रोक्न भारतीय दूतावासले पत्र पठाएको भन्ने सन्दर्भमा उठाइएको प्रश्नमा मन्त्री खनालले यस बारेमा परराष्ट्र मन्त्रालयले जवाफ दिनुपर्ने टिप्पणी गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.