Websoft University

करेन्ट लागेर २ जनाको मृत्यु


बिराटनगर, श्रावण १ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि बिराटनर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका(८ का १९ बर्षीय अजय मेहेताको पनी करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार साँझ साँढे ७ बजे आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.