Websoft University

विषादीयुक्त तरकारी खादाँ ४५ जना विरामी परेको भन्दै प्रशासनमा ज्ञापन पत्र वुझाए



काठमाण्डौ असार २७ गते । रातो तारा डट कम,विषादीयुक्त तरकारीको सेवनले ४५ जना विरामी परेको भन्दै ग्रामिण आमा समुह कुस्मा नगरपालिका ७ खरेहा पर्वतले जिल्ला प्रशासन कार्यलय पर्वतमा ज्ञापन पत्र वुझाएको छ । गएको असार ९ गते स्थानीय विक्रम पौडेलको बिहेको भोज खाने कार्यक्रमा विभिन्न खानेकुरा खाँदा विरामी परेको भन्दै आज प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेलाई ज्ञापन पत्र वुझाएको हो । 

पौडेलको घरमा वनेका पुरी, करेला, आलु, काउलीको तरकारी, काँक्राको अचार खाएपछी स्थानिय विरामी परेका ज्ञापन पत्रमा उल्लेख गरिएको छ । भोज खाएपछी स्थानीयलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने, पेट दुख्ने, पखाला लाग्ने लगायतका समस्या देखिएको स्थानीय दिपसागर पौडेलले बताउनुभयो । खानामा विषादी भएकै कारण स्थानीय विरामी परेको अनमान गर्दै विषाक्त तरकारीले मानव स्वास्थ्यमा खेलवाड नगर्नका लागि सम्वन्धित पक्षलाई सजग गराउनका लागि प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाइएको स्थानीय तेज गिरीले जानकारी दिनुभयो । 

यसैगरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सम्वन्धित पक्ष र निकायलाई सचेत गराउन पनि ज्ञापन पत्र बुझाइउको उहाँले बताउनुभयो । ज्ञापन पत्र वुझ्दै प्रजिअ घिमिरेले बजार अनुगमन गर्ने र बिषाक्त तरकारी तथा फलफूल वितरण गर्नेलाई आवश्यक कारवार्ही गर्ने आश्वासन दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.