Websoft University

नोवेलका डाक्टरको हेचेक्रयाइले कुमार शाहको मृत्यु-दुहबीमा तनाव


शिव भट्टराई इटहरी साउन ६ गते । रातो तारा डट कम,
दुहवीका स्थानीयले दुहवी बजार बन्द गराएका छन । आईतबार नोवेल अस्पताल विराटनगरमा दुहवीका ६ का स्थानीय तथा रमपम उद्योगको प्रोडक्सन इन्चार्ज अनिल कुमार शाहको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै स्थानीयले दुहवी बजार बन्द गराएका हुन ।

नोवेल अस्पतालमा तनाब आईतबार दिनभर तनाब भएको थियो । नोबेल अस्पताल लापरवाहीले शाहको मृत्यु भएको भन्दै अस्पताल अगाडि दुहवीका सर्वसाधरणहरुले प्रदर्शन गरेका थिए । अस्पताल प्रशासन र स्थानीय बीच ३ घण्टा लामो वार्ता निश्कर्ष बिहिन बने पछि सोमबार विहानै देखि स्थानीले दुहवी बजार बन्द गराएका हुन ।

घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै प्रदर्शन सुरु गरेका हुन । .आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरी नाराबाजी सुरु गरेका हुन । दुहवी इटहरी सडक खण्ड पूर्ण रुपमा बन्द गराएका छन । स्थानीयले यातायातको सवारी साधन चल्न दिएका छैनन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.