Websoft University

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट आज पहिलोपटक नेपालमा ईन्धन ल्याईने


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,नेपाल र भारत दुबै देशको बहुप्रतिक्षित आयोजना मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट आज पहिलोपटक नेपालमा ईन्धन ल्याईने भएको छ । सन् २००४ मा सम्झौता भएर वि.सं.२०७२ सालबाट निर्माण सुरु भएको यो परियोजना निर्माण सम्पन्न भएपश्चात् विभिन्न चरणमा परीक्षण गरिएको थियो । परियोजनाका ईन्जिनियर शरद पौडेलका अनुसार आज  बिहानसम्म अन्तिम पटक पानी पठाएर परीक्षण भइरहेको छ । पानीको परीक्षण सकिएलगत्तै पाईपमार्फत् डिजल झारिने पौडेलले उहाँले बताउनुभयो । ‘यसको गुणस्तर र सुरक्षा जाँचका लागि विभिन्न चरणमा परीक्षण ग¥यौं’ पौडेलले भन्नुभयो, ‘अन्तिम पटक अहिले बिहान ६ बजे पानी पठाएर परीक्षण गरेका छौं, अब डिजल ल्याईनेछ ।’ उहाँका अनुसार आज दिउँसोसम्म मोतिहारीबाट पाइपमार्फत् अमलेखगञ्ज डिपोमा डिजेल खस्नेछ । त्यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्यांकी तयारी अवस्थामा छन् । पानी परीक्षणलगत्तै आउने डिजलको अग्र भागमा पानी मिसिने भएकाले उक्त तेल अमलेखगञ्जमा निकालिएपछि प्रशोधन गरेर पानी र तेल छुट्याइने छ । त्यसको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि अमलेखगन्जमा तयारी अवस्थामा रहेको पौडेलले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.