सुनसरी असार २६ गते । रातो तारा डट कम,ईटहरी उपमहानगरपालिका ४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी २९ बर्षिय महेश चौधरीको मृत्यु भएको छ । सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
Post a Comment