Websoft University

स्व.जी.पी. कोइराला ९६ओै जन्मजयन्ती मनाइयो


बिराटनगर । रातो तारा डट कम,कोइरालाको जन्मजयन्तीमा  दीप प्रज्वलन असार २० शुक्रवार  नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीका अवसरमा जी.पी कोइराला फाउन्डेसन मोरङ साखाले विराटनगरमा  दीप प्रज्वलन गरेको छ ।

नेपाली राजनीतिका युगपुरुष एवं शान्ति संझौता प्रक्रियाका मूख्य ब्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण गर्दै फाउन्डेसनले बरगाच्छी चोकमा दीप प्रज्वलन गरेको फाउन्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी
दिए । 

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डां. शेखर कोइरालाले गिरिजा प्रसाद कोइरालाले गरेका योगदानका विषयमा चर्चा गरेका थिए । गिरिजा बावुले गर्नु भएको  राजनैतिक त्याग र अठोटवाट आएको परिवर्तनलाई संस्थागत गर्दे जनअपेक्षा अनुरुप काम गर्नु पर्नेमा कोइरालाले जोड दिए ।

गिरिजावावुले गर्नुभएको योगदानलाई नयाँ पुस्ताले संरक्षण गर्दे जानुपर्ने बताए ।  कार्यक्रममा  विराटनगर महानगरका मेयर भीम पराजुली,नेपाली कांग्रेसका सचिव मोदराज घिमिरे लगायत उल्लेख्य मात्रामा कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.