Websoft University

कर्मचारी घुस सहित पक्राउ



काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,बाराको पचरौता नगरपालिकाका २ जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगको क्षेत्रिय कार्यालय हेटौडाको टोलीले पचरौता नगरपालिकामा कार्यरत नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर राय प्रकाश सतरालाई घुस सहित रंगेहात पक्राउ गरेको हो । सुब्बा थापालाई महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न नगद १४ हजार  र  ईन्जिनियर सतरालाई नेरा माध्यमिक विद्यालय बेनौलीको कम्पाउण्ड पर्खाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न भन्दै नगद १५ हजार घुस रकम लिंदै गर्दा रकम सहित पक्राउ गरिएको अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडाले जाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.