Websoft University

जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी



गाईघाट,श्रावण ५ गते । रातो तारा डट कम,उदयपुरको बिभिन्न स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएका छन् ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एकै परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी एसपी बीरबहादुर बुढा मगरले जनाएको छ ।

भारी वर्षासँग जमिनमा उम्रेको बिषादी च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश दनुवार, ११ वर्षीय मनिस दनुवार र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।

त्यसैगरी कटारी नगरपालिका– ४ सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खादाँ टंककुमारी सहित छोराहरु १४ वर्षीय अनिष दनुवार, ११ वर्षीय महेन्द्र दनुवार र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यसैगरी कटारी नगरपालिका– ४ कै टक कुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए । उनीहरुले सनिवार जंगलबाट च्याउ टिपेर ल्याएर खाएका थिए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.