Websoft University

आफूलाई झुक्याइएको भन्दै प्रधानमन्त्रीद्वारा क्षमायाचना



काठमाण्डौ असार २६ गते । रातो राता डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालभित्र आयात हुने विषादी परीक्षणका बारेमा गरिएको निर्णयका कारण आफू लज्जित भएको बताउनुभएकोछ । 

प्रधानमन्त्री ओलीले सीमा नाकामा भइरहेको विषादी परीक्षण रोक्न आग्रह गर्दै भारतबाट आएको पत्रबारे आफूलाई थाहा नदिएको र झुक्याइएको आज कार्यक्र्रममा टिप्पणी गर्नुभएकोछ । 

आफूले जानकारी नपाएकै कारण पत्र आएको छैन भनी सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसका लागि क्षमा माग्नुभयो । आफूलाई झुक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी भन्ने बारेमा बुझ्ने काम भइरहेको उहाँको भनाइ छ । 

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने प्रतिवद्धता जनाउनुभयो । ओलीले सरकारविरुद्ध सञ्चार माध्यमले भ्रम फिजाएको भन्दै असन्तुष्टि जनाउनुभयो । 

हिजो त्रिभुवन विश्व विद्यालयको ६० औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुँदा ओछयाइएको रातो कार्पेटबारे विभिन्न सञ्चार माध्यमहरूले बनाएको समाचारमा असन्तुष्टि जनाउनुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.