Websoft University

युनिटि नेटवर्किङ ठगिमा संलग्न ११ जना प्रहरी फन्दामा


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,युनिटि नेटवर्किङ्को नाममा ठगि गर्दै हिड्ने ११ जनालाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ । युनिटि लाइफ नामक संस्थामार्फत नेटवर्किङ ब्यबसाय गरि ठगी गर्ने उनीहरुलाई कपिलबस्तु प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

ठगि गरिरहेको भन्ने उजुरीका आधारमा कपिलबस्तु प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको छ ।

 पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउपालिका ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी सुनवल नगरपालिका २ का अशोक धरिकारी, झापा दमक नगरपालिका ३ का खगेन्द्र निरौला, सप्तरी राजबिराज नगरपालिका १ का मिथलेश यादव, सोहि स्थानका मन्जुला राई रहेका छन् ।

यस्तै रौतहट चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके कोहलपुर नगरपालिका ३ का हेमराज थापा, रामेछाप मन्थली नगरपालिका १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउपालिका २ का दिपा पुरी रहेकी छन् ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको कमाण्डमा बिगत दुइ हप्तादेखिको गोप्य अप्रेसन अनुसार उनीहरुलाई पक्राउ गर्न सफल भएको कुरा रेडियो परिवर्तनले उल्लेख गरेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.