Websoft University

पूर्व पश्चिम राजमार्गको पथरी सनिश्चवारमा बस पल्टदा २ को मृत्यु २६ घाईते


मोरङ,साउन २ गते । रातो तारा डट कम,मोरङको पथरी शनिश्चरे नगरपालिका १० पूर्व पश्चिम राजमार्गमा बस पल्टदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी गाँउपालिका ३ का ३१ बर्षिय  टिकाराम थापा र बसमा सवार  तत्काल नामथर वतन नखुलेका अन्दाजी ३५ बर्षिय पुरुष ब्यक्ती रहेका छन ।

आज बिहान सवा ९ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा बसमा सवार तत्काल नाम थर नखुलेका पुरुष ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह(चालकको नोबेल अस्पताल बिराटनगरमा बिहान १०स्५० मा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाईतेहरुमा ५ जनाको न्युरो अस्पताल बिराटनगरमा, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरीमा, ६ जनाको पथरी अस्पताल पथरीमा र अन्यको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.