Websoft University

बाढी प्रभावितको साहरा बन्दै, विराटनगरमा जनप्रतिनिधि मेयर पराजुली उद्दारमा दिनरात नभनी खट्दै


विराटनगर  असार २८ गते । रातो तारा डट कम,अबिरल बर्षाका  कारण विराटनगरका केही वडाहरु डुवानमा परेका छन् । जसका कारण जनजीवन प्रभावित  भएको छ । यो समाचार बनाउद सम्म विराटनगरका वडा नं. १,६,७,८, ११,१२,१५,१६,१८ र १९का मानिसहरु विशेषगरी बाढीवाट प्रभावित भएका छन् ।

 प्रभावित पीडितहरुलाई विराटनगरका विभिन्न विद्यालय तथा सुरक्षित स्थानमा राखिएको छ । विराटनगर स्थित वडा नं.१ को विजयपुर टोल नयाँ बस्ती,पाथिभरा मन्दिरको धर्मशाला र शान्तिचोकमा सेल्टर बनाएर बाढीपिडितहरुलाई राखिएको  वडाध्यक्ष उद्धव अर्यालले जानकारी दिनुभयो । वडा नंं २ को हनुमान मन्दिर छेउ र धनाबत चोकका स्थानीयहरु प्रभावित भए पनि घरमै बसेको वडाध्यक्ष कुमार पोखरेलले जानकारी दिनु भयो ।

वडा नं ४ को इक्राइ पुलचोक, अमाइ,जामुनगाच्छी,विमटोल,वस्ता लगायतका क्षेत्र डुवानमा परेको वडाध्यक्ष देवेन्द्रराज पोखरेलले जानकारी दिनुभयो । वडा नं. ७ मा पानिको सतह घटेपछि शनिवार आफ्नै घरमा बाढीप्रभावित परिवारहरु फर्केको वडाध्यक्ष मधुवावु तिवारीले जानकारी दिनु भयो । 

वडा नं ८ को सिंघाइ तट मोरङ कारागार पूर्व दक्षिण क्षेत्रका स्थानीहरु बाढीको चपेटामा परि घरवार विहिन बन्ने अवस्था आएको वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिनु भयो । वडा नं. ११ को ब्रमपुरा र धुधुवामा बाढी पिडितहरु रहेका छन् ,उनीहरु घर छोड्न नमानेको वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

वडा नं. १२ को बखरी निम्नमाध्यमिक आधारभूत विद्यालयमा बाढीप्रभावित परिवारहरुलाई राखिएको वडाध्यक्ष हिरालाल कामततले जानकारी दिनुभयो । यस्तै वडा नं १६ को मिल्स मावि र हुलास मेटलमा बाढीप्रभावितहरुलाई राखिएको वडाध्यक्ष मनोज सुव्बाले जानकारी दिनुभयो । 

वडा नं १९ का विभिन्न स्थानमा बाढीप्रभावित रहेको र उनीहरुलाई शुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडाध्यक्ष बद्रिनारायण सरदारले जानकारी दिनुभयो । यी वाहेक पनि अन्य वडाहरु डुवानमा परेका छन् यद्यपी यो समाचार बनाउदा सम्म बाढीको जोखिम बढेको छैन ।

 सेल्टर र विद्यालयमा राखिएका बाढीप्रभावितहरुलाई  विराटनगर महानगरले खानपिनको ब्यवस्था मिलाएको छ । बाढी प्रभावितहरुको अबस्था बुझ्ने र संख्या एकिन गर्ने काम भइरहेको  विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिनु भयो ।  

विराटनगरमा राहत तथा उद्धारका लागि विभिन्न सामाजिक संघसंस्थाहरु समेत  खटिएका छन् । सबै वडाहरुमा मेयर पराजुली सहित उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी सहितको टोली पुगेर बस्तुगत अबस्था बुझ्ने काम गर्नका साथै आबश्यक प्रबन्ध गर्ने काममा जुटेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.