Websoft University

लिम्चुङबुङ गाउँपालिका खडेरी र वर्षाकोो चपेटामा पर्यो


श्याम राई-गाईघाट, श्रावण ६ गते । रातो तारा डट कम,लामो समय सम्मको खडेरीको मारमा परेको लिम्चुङबुङ गाउँपालिका  फेरी अबिरल बर्षाका कारण संकटग्रस्त बनेको छ ।
गाउँपालिका भित्रका सडक लगायत सदरमुकाम गाईघाटबाट गाउँपालिकासंग जोडिएका मुख्य सडकहरु क्षतीग्रस्त बनेका छन् ।

गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त भएको छ । त्यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त रहेको स्थानीयले बताएका छन् । पहिरो र भेलले सडक क्षतीग्रस्त पारेकाले कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सवारी साधन नचलेपछि त्यस भेगका बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् ।

गत शुक्रबार मात्र गाउँपालिका अध्यक्ष लगायतको टोली लिम्चुङबुङबाट दुई दिनको पैदल यात्रापछि सदरमुकाम गाईघाट आइपुगेका छन् । वर्षातले सडकहरु पूर्णरुपले क्षतीग्रस्त पार्नुका साथै घर, बस्तीहरु जोखिममा परेपछि गाउँ कार्यपालिकाले पालिकालाई संकटग्रस्त पालिका घोषणा गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए । गत असार ३१ गतेको गाउँकार्यपालिकाको बैठकबाट संकटग्रस्त गाउँपालिका घोषणा गरि १ नं. प्रदेश सरकार र संघिय सरकारलाई गाउँपालिकाले पत्रचार गरि जानकारी गराएको अध्यक्ष राईले बताए ।

साथै पालिकाले छिमेकी स्थानीय सरकारहरू ताप्ली र रौता गाउँपालिकालाई बिपतको सामुहिक सामना गर्न बिशेष अनुरोध गरेको छ । जिल्ला सयन्वय समिति, प्रदेश र संघका सांसदहरू, राजनीतिक दल लगायतलाई पनि सहयोगका लागि अनुरोध गरेको पालिकाले जनाएको छ । पालिकाले खाद्यन्न संकट ब्यबस्थापन र पहिरोबाट तहसनहस भएको सडकलाई पुनः सञ्चालनमा ल्याउन  तयारी शुरू गरेको जनाएको छ । साथै सम्बन्धीत निकायहरुलाई पनि विशेष सहयोगको आग्रह गरेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.