Websoft University

नगर प्रमुखलाई ज्ञापन पत्र

मोहन कुमार राई-आषाढ १९ गते । रातो तारा डट कम,
संखुवासभा÷चैनपुर नगर परिषदको पूर्व सन्ध्यामा वडा नंं १ को वडाध्यक्ष लोक बहादुर श्रेष्ठको नुढाकी बासीले चैनपुर नगरपालिकाको कार्यकक्षमा नगर प्रमुख भरतकुमार खत्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा नगरको बजेट वडामा विनियोजन गर्दा भौगोलिकता, लक्षीत वर्ग, पर्यटन प्रर्वधन, जनसंख्या, सबै हिसाबबाट साविक नुनढाकी गाविस रहेको हालको चैनपुर नपा.वडा नंं १ लाई बजेट विनियोजन गर्दा उपेक्षा गरिएको भन्दै वडाका जनप्रतिनिधहरु, स्थानीय वासी सहित नेपाली काँग्रेसका क्षेत्रीय सभापति दीपक लिम्बु, काँग्रेस नेता शंकरमान कँडेल सहित नेतहरुको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको जनप्रतिनिधि वडा नंं १ का वडा सदस्य चेतन गुरुङले वताए ।

बुधबार ज्ञापन पत्र बुझदै नगरप्रमुख भरत कुमार खत्रीले संसदीय अभ्यास भित्र नीति तथा कार्यक्रम नगरको ५ औ चरण सम्मको बजेट पास भैसकेको हुँदा वडाको बजेटमा रकम थप गर्न नसकिने तर नगरको बजेटबाट गौरवका आयोजनाहरु सडक, पर्यटन क्षेत्र, लगायतमा आफु नगरपालिकाको बजेट विनियोजन गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

ज्ञापनपत्र ग्रहण कार्यक्रममा नगरपालिका उप प्रमुख मुना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सहितको टोली रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.