Websoft University

सुनसरीकाे देवानगंजमा जेष्ठ नागरिकहरू आज भए सम्मानित


बिराटनगर असार  २५ गते । रातो तारा डट कम,सुनसरीकाे देवानगंज गाउँपालिका वडा नम्वर ६  ले आज एक कार्यक्रमकाे आयाेजना गरी जेष्ठ नागरिकलाई सम्मान गरेकाे छ । वडा अध्यक्ष  देवनारायण मेहताकाे अध्यक्षतामा भएकाे  कार्यक्रममा ३५ जना जेष्ठ नागरिकहरूकाे सहभागिता रहेकाे थियाे । 

उक्त कार्यक्रमकाे प्रमुख अतिथियता ग्रहण गर्नुहुने देवानगंज गाउँपालिकाका उपाध्यक्ष पुनिता देवी यादवले जेष्ठ नागरिकहरूलाई घरपरिवार समाज कतैवाट कुनैकिसिमकाे अन्याय भएकाे रहेछ भन्ने म अाफै पनि न्यायक समितीकाे संयाेजककाे हैसियतले न्याय दिलाउन कुनै किसिमकाे कसर बाँकी राख्दिन भन्ने कुराे प्रष्टयाउनुभयाे ।

कार्यक्रममा गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत त्रिलाैचन न्याैपाने,सदस्यहरू चन्द्रकला दास, वाजनारायण चाैधरी,काैशलया चाैधरी,पशुराम यादव,देवानगंज गा वि स काे पूर्व उपाध्यक्ष तथा समाजसेवी देवनारायण यादवक लयायतकाे उपस्थती रहेकाे थियाे। कार्यक्रमकाे सहजिकरण पूर्वाञ्चल मैथिल यूवा संजालका अध्यक्ष अरविन्द मेहताले गर्नुभएकाे थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.