Websoft University

बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई जहि रु १ लाख राहत दिने


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,ओखलढुंगामा बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारले १ लाख नगद राहत पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रति मृतकका परिवारलाई १ लाखका दरले राहत दिने निर्णय गरेको हो ।

पछिल्लो समय बाढी र पहिरोमा परेर मृृत्यु भएकाहरुका आफन्तलाई तत्काल १ लाख नगद राहत सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले घर पूर्ण क्षति भएका परिवारलाई समितिको तर्फबाट प्रतिपरिवार १० हजार राहत उपलब्ध गराईने भएको छ ।

‘डिडिआरसीको बैठकले प्रति मृतक १ लाखका दरले र घर क्षती भएकाहरुलाई प्रति परिवार १० हजारका दरले राहत दिने निर्णय गरेकोछ ।’ जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो । लगातारको वर्षाका कारण जिल्लामा ५ जनाको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिकामा दुई जना र सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकामा एक–एक जनाको बाढि पहिरोमा परेर ज्यान गएको थियो । पाँच मध्य तीन जनाको पहिरोमा परेर र दुई जनाको बाढिले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.