Websoft University

पालले पहिरो छोप्दै घर जोगाउने प्रयास


मोहन कुमार राई-आषाढ २९ गते । रातो तारा डट कम,
संखुवासभा ४ दिन अघिदेखि परेको अविरल वर्षा सँगै चैनपुर नगरपालिका स्थित पोखरीको ४ तलेमा पहिरोको उच्च जोखिममा परेको छ । 

पहिरोको जोखिममा पनेहरुमा लिला बहादुर कार्की,  वर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घरहरु पहिरोको चपेटामा परेका छन्  । ४ घरहरु मध्ये पदमबहादुर राईको एक पक्की घर रहेको छ ।  

पहिरोले घर तान्न लागेपछि नेपाल रेडक्रस उपशाखा चैनपुरले पाल वितरण गरेको छ । पहिरो गएको ठाँएमा पानी पस्न कम गर्न पहिरोमाथिबाट पाल विच्छाएको रेडक्रसकर्मी टेकबहादुर श्रेष्ठले वताउनुभयो ।  

त्रिपालले छोपेर मात्र घरहरु जागाउन नसकिने हुँदा पहिरोको जोखिममा रहेका घरहरुलाई संरक्षणको लागि चैनपुर नगरपालिकाले पहल गर्नुपने नेपाली काँग्रेका नेता कुमारबाबु अधिकारीले वताउनुभयो । यसै गरी नेकपा जिल्ला कमिटि सदस्य दलकुमार तामङले दीर्घकालीन सोचका साथ विकासका संरचनाहरुमा ध्यान नपु¥याउदा जोखिम निम्तिन सक्ने भएकाले वैज्ञानीक ढंगले विकासका संरचना तयार गर्नुपर्ने वताउनुभयो । 

विकासको नाममा जताततै खनिएको मोटरबाटोले वातावरणलाई असर पु¥याइरहेको छ । घरनजीकैबाट खनिएको बाटो, कम्जोर भु–बनावट र ४ दिनदेखी परेको अविरल वर्षाको कारण ति घरहरु पहिरोको जोखिममा परेको हो । त्यसको रोकथाम र संरक्षणको लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.