Websoft University

बास्केट बल ट्यालेन्ट हन्ट सम्पन्न,उत्कृष्ट खेलाडीलाई छात्रवृती


 विराटनगर असार २३ गते । रातो तारा डट कम,विराटनगर बास्केट बल एकेडेमीले संचालन गरेको दुई महिने ट्यालेन्ट हन्ट विराटनगरमा सम्पन्न भएको छ ।

विराटनगर ११ मा रहेको विकेभिएम स्कुलको  प्राङगणमा सम्पन्न ट्यालेन्ट हन्ट कार्यक्रममा उत्कृष्ट खेलाडीलाई छात्रवृती प्रदान गरिएको छ ।

 एसईइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको ट्यालेन्ट हन्टमा सहभागी भई उत्कृष्ट खेलाडी  बरदान कुमार साह, निमेश श्रेष्ठ , प्रितुस कार्की  र शुलभ राज कार्कीलाई उच्च शिक्षाको लागी छात्रवृती प्रदान गरिएको हो।

 ट्यालेन्ट हन्ट सम्पन्न कार्यक्रममा हिसान मोरङका अध्यक्ष राजेश कार्की , विकेभिएम स्कुलका प्रिन्सीपल रविन दाहाल, एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस विराटनगरका प्रमुख अनुभव दाहालको उपस्थित रहेको थियो । कार्यक्रममा उत्कृट खेलाडीहरुलाई सहभागी अतिथीहरुले छात्रवृती प्रदान गर्नुको साथै अन्य खेलाडीहरुलाई समेत  प्रमाण पत्र वितरण गरिएको विराटनगर बास्केट बलका प्रशिक्षक मुकेश यादवले जानकारी दिनुभयो ।

यसै विच विराटनगर बास्केट बल एकेडेमीले सामुदायिक विद्यालयहरुमा प्रोटेवल बास्केट प्रयोग गरी विद्यार्थीहरुलाई बस्केट बल प्रशिक्षण गराउने भएको छ ।  साथै  आगामी दिनमा सामुदायिक स्कुल स्तरी बासकेट बल प्रतियोगीता गराईने  विराटनगर बास्केट बल एकेडेमीका सस्थापक सरोज लम्सालले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.