Websoft University

टी–ट्वान्टी विश्वकपको छनोट यात्रा सुरु


बिराटनगर । रातो तारा डट कम,राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले टी–ट्वान्टी विश्वकपको छनोट यात्रा सुरु भएको छ । सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाईनलको लागि मलेसिया उड्नु अघि कप्तान खड्काले जानकारी गराएका हुन ।

सिङ्गापुरमा हुने प्रतियोगिता अघि नेपाली टिमले मलेसियामा जुलाई १३ र १४ मा दुई वटा टी–ट्वान्टी सिरिज खेल्नेछ । लगत्तै नेपाली टिम मलेसियाबाट सिंगापुर प्रस्थान गर्नेछ । नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिताको तयारी राम्रो रहेको बताउँदै खेलको अवस्था अनुसारको योजना बनाउने बताउनुभयो । 

सिंगापुर जाने खेलाडी तथा अफिसियललाई राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले बिदाई गर्नुभएको थियो । उहाँले राम्रो प्रशिक्षकको साथ पाएको नेपाली टिमले प्रतियोगितामा राम्रा प्रर्दशन गर्ने आशा ब्यक्त गर्नुभयो ।

प्रतियोगिताको लागि नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवालको नेतृत्वमा प्रशिक्षण गरेको थियो । करिब १५ दिन त्रिवि मैदानमा अभ्यास गरेको नेपाली टोलीले त्यसबीचमा केहि दिन विश्राम गरेको थियो । नेपालले प्रतियोगिताको लागि प्रारम्भिक चरणमा छनोट भएका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरीसकेको छ । एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । 

नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.