Websoft University

एघार जनाको मृत्यु– ९ जना वेपत्ता


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,केहिदेखि परेको वर्षाका कारण काठमाण्डौंमा ३ जना सहित देशभर ११ जनाको मृत्यु भएको छ । ९ जना भन्दा बढी बेपत्ता भएका छन् । काठमाडौंको मुलपानीमा ढिस्को खसेर घर तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीया शर्मिला यादव उहाँका १० वर्षीय छोरा कुन्दन र मितु यादव छन् । बारा घर भएका उनीहरु मुलपानी बस्दै आएको प्रहरीले जनाएको छ । काभ्रेमा २ जनाको , ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा मा एक, एक जनाको मृत्यु भएको छ । काभ्रेको बनेपास्थित नालामा पहिरोले घर भत्काउँदा एकै परिवारका दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । खोटाङमा पहिरोमा परी ३ जना बेपत्ता भएका छन् । जनकपुर महोत्तरीको रातो खोलामा आएको बाढीले वृद्धलाई बगाएको छ । बर्षाका कारण जनजीवन प्रभावित भएको छ । तराइका अधिकाशंक जिल्ला डुवानमा परेका छन । निरन्तरको वर्षा कारण पहाडी जिल्लामा पहिरोेको खतरा बढद्ै गएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.