Websoft University

कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लियो परिक्षा


विराटनगर असार १७ गते । रातो तारा डट कम, विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विराटनगरमा कान्तिपुर कलेजले लिएको प्रवेश परीक्षा हो ।
विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ४ सय ३४ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । प्रिन्सिपल नेपालका अनुसार विज्ञान संकायमा ८ सय ७२ र व्यवस्थापन संकायमा ५ सय ६२ विद्यार्थीले परीक्षा दिएको बताए ।
कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र ईन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त कृयाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता आएकाले पनि विद्यार्थीको पहिलो रोजाई कान्तिपुर कलेज रहेको प्रिन्सिपल नेपालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.