Websoft University

लाक मार्ग को कटारी–घुर्मी सडकमा १ वर्षमा ४८ जनाको ज्यान गयो


श्याम राई-गाईघाट, श्रावण  ६ गते। रातो तारा डट कम,सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैयादेखि उदयपुरको कटारी– घुर्मी ७२ किलोमिटर सडक खण्डमा चार वर्षमा सवारी दुर्घटनामा परि ४८ जनाले ज्यान गुमाएको छ । जिर्ण अबस्थामा रहेको सो सडकमा ज्यानको जोखिम मोलेर हिंड्नु पर्ने बाध्यता छ । सडक जिर्ण भएकै कारण चार वर्षमा ४८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ईलाका प्रहरी कार्यालय कटारीको तथ्याकंले देखाएको छ ।

यहाँ पैदल यात्रा झनै जोखिममा छ । पैदल यात्री गर्ने क्रममा सवारी ठक्करबाट ७ को मृत्यु भएको छ । त्यसैगरी मोटरसाईकल सवारी ठक्करबाट ३ जनाले ज्यान गुमाएका छन् । प्रहरीको तथ्याकं अनुसार मिर्चैया, कटारी, घुर्मी सडक खण्डमा आर्थिक वर्ष २०७२÷७३ मा ३ ,आर्थिक वर्ष २०७३÷७४ मा १५ आर्थिक वर्ष २०७४÷७५ मा १५ ,आर्थिक वर्ष २०७५÷७६ मा दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएकाछन् ।

त्यसैगरी सिद्धिचरणसँग जोडिएको आसपासका ग्रामिण भेगमा भएका दुर्घटनामा ६ को मृत्यु भएको छ । यि दुर्घटनाहरुमा १६ जना घाईते भएका थिए । चार वर्ष भित्र भएका ठुला दुर्घटना मध्ये २०७४ कार्तिक १३ गते कटारी नगरपालिका– ११ को ठाँटी पहिरोमा ना १ ज ३४०४ नम्बरको बोलेरो दुर्घटना हुँदा १ महिला र ८ पुरुष गरी ९ जनाले ज्यान गुमाएका थिए ।

त्यसैगरी २०७३ मंसिर २४ गते लेखानीस्थित चनौटेमा घुर्मीबाट कटारी तर्पm आउँदै गरेको ना ४ ख ३६२० नम्बरको बस दुर्घटनामा १ महिला र ५ पुरुष गरी ६ जनाको ज्यान गएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.