Websoft University

इटहरीमा श्रीमतीको मृत्यु भएको केहीबेरमै श्रीमानको मृत्यु


शिव भट्टराई सुनसरी । रातो तारा डट कम,इटहरी १३ की ७८ बर्षिय नर्वदा भट्टराईले मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भयो । घर परिवारमा रुवाबासी हुदा हुदै नर्वदाको ८६ बर्षिय श्रीमान टिकाप्रसाद भट्टराईको हर्ट अट्याक  भएर मृत्यु भएको आफन्तले बताएका छन ।

एकै परिवारमा अनौठो मृत्यु भए पछि गाउँलेहरु अचम्बित भएका छन । स्थानीयले मृत्यु राम्रो भएको भन्दै खनार देखि इटहरीको बुढीखोला सम्म दुवै शबलाई परिक्रमा गदै एकै चितामा दाहसस्कार गरेको आफन्त विकास भट्टराईले बताए ।

एकै दिन अजुरबा अजुरआमाको मृत्यु भएको देख्दा लाग्यो अचम्म भयो विकास भन्छन् । यस्तो घट्ना कमै मात्र हुने गरेको भन्दै गाउँलेहरु अचम्बित बनेका छन । एउटैै तिथिमा एकै परिवारको श्रीमान श्रीमतीको मृत्यु हनु अनौठो हो मलामी आएकाहरु भन्दै थिए । मुक्ति घाटमा एकै चितामा दुई शब जलाईयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.