बिराटनगर श्रावण, ७ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-३ गोग्राहा चोकमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान पौने ७ बजेको समयमा ज १च ११९५ नम्बरको एम्बुलेन्सले पैदल यात्री सप्तरीको राजबिराज नगरपालिका-६ बस्ने वर्ष ५५ की उर्मिला देवी झालाई ठक्कर दिएर गम्भिर घाइते बनाएको थियो । घाइते उनलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगीएकोमा उपचारको क्रममा साढे सात बजे मृत्यू भएको थियो । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक धनुषा बिरेन्द्रबजार नगरपालिका-१ बस्ने वर्ष २२ का दिप कुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment