Websoft University

ओखलढुंगको मानेभज्याङमा बस दुर्घटन तीनको मृत्यु १७ जना घाइते


फायल फोटो, 
बिराटनगर । रातो तारा डट कम,ओखलढुंगामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकोछ । जिल्लाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना भएको हो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृततको पहिचान खुलिसकेको छैन । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको यातायात व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको रात्री बस दुर्घटना भएको हो । भँडारे नजिक पर्ने डडुवा डाडँमा माथिल्लो घुम्तीबाट बस झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सञ्चार शाखाले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् । घटनाको विषयमा थप विवरण  आउन बाँकी छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.