Websoft University

विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल आज दिनको ३ बजे देखि इंग्ल्याण्ड र अष्ट्रेलिया बिच खेल हुँदै


काठमाण्डौ असार २६ गते । रातो तारा डट कम,आईसीसी विश्वकप एक दिवसीय क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । आयोजक इंग्ल्याण्ड र साविकको विजेता अष्ट्रेलियाबीच हुने आजको खेल दिउँसो सवा ३ बजेबाट बर्मिघंममा सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलबाट न्यूजिल्याण्डले उपाधिका लागि स्थान सुरक्षित गरेको छ । म्यानचेस्टरमा भएको खेलमा उपाधि दाबेदार मानिएको भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । न्युजिल्याण्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय २१ रनमै समेटियो । न्यूजिलयाण्डले अब आजको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.