Websoft University

उपचार गर्ने क्रम्मा गलत मेडिसिन प्रयोग गरेकै कारण आँखा खराव हुने अवस्थामा पुग्यो - पीडितले प्रहरीमा उजुरी गर्दै,


शिव भट्टराई, रातो तारा डट कम,आँखा उपचार केन्द्र दुहबी को लापरवाहीका कारण एक युवाको आँखाको  ज्योति गुम्न लागेको भन्दै प्रहरीमा उजुरी दिने तयारी गरेका छन।

दुहबी नगर पालिका वडा ६ बस्ने वर्ष १९ को सागर हलुवाई लाई आँखामा चोट लागि ११ दिन अगाडि उपचारको क्रममा दुहबी उपचार केन्द्र पुगेको थियो । उपचार गर्ने क्रम्मा गलत मेडिसिन प्रयोग गरेको कारण आँखाको प्रेसर ६० पुग्दा आखा देखन छोडेकोमा थप उचार गर्न तापडिया आँखा अस्पताल  बिराटनगर पुग्दा आँखामा गलत मेडिसिनको प्रयोग गरेको कारण आँखाको प्रेसर ६० पुगेको प्रमाणिात  गरेकोछ ।

तापडिया अस्पताल बिराटनगरले प्रमाणित  गरेपछि बिरामीको आफ्न्तले अस्पताललाई घेराउ गरी प्रहरीमा उजुरी हाल्ने तयारी गरेको बिरामीको बुवा सन्जय हलुवाइले जानकारी दिएकाछन ।

सो बिषयमा आँखा उपचार केन्द्र दुहबी साखाका ईन्चार्ज चन्द्न गुप्ता सग बुझदा आफुले कुनै गलत मेडिशिन न चलाएको र आखाको प्रेसर जाच्ने क्रममा केहि त्रुटि भएको सुईका कारण  यस्तो भएको हुनसक्ने बताएका छन। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.