Websoft University

पानी उमालेर मात्रै पिउनुस्ः चिकित्सक


बिराटनगर असार २८ गते । रातो तारा डट कम,केही दिन देखि लगातार परेको वर्षको बाढी र डुबानको समयमा खानेकुरा र पिउने पानीमा पनि दुस्ति भएकाले  चिकित्सकहरुले सबैलाई खाने बेलामा विशेष ख्याल गर्न  आग्रह  गरेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. बासुदेब पाण्डेले पिउने पानी सफा नभए अर्को महामारीको खतरा रहन सक्ने बताउनुभयो । उहाँले डुबान प्रभावित क्षेत्रका नागरिकलाई पानी उमालेर वा शुद्ध बनाएर मात्रै पिउन आग्रह गर्नुभयो ।

बाढी वा भेल आएको बेला नदीबाट निस्कने माछा खान नहुने डा. पाण्डेको भनाई छ । बाढी प्रभावित क्षेत्रमा सर्पले टोक्न सक्ने सम्भावना हुने भएकाले थप सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

साथै बृद्ध बृद्धा, बालबालिका, अशक्त र गर्भवति वा सुत्केरी महिलालाई अन्यले सहयोग गर्नुपर्ने बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.