Websoft University

नेपाली काँग्रेसको बैठक बस्तै


काठमाण्डौ असार २२ गते । रातो तारा डट कम,नेपाली काँग्रेसका संगठन संघीय प्रारुप अनुसार बन्ने भएका छन् । काँग्रेसको आजदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकमा मुलुक संघीयता कार्यान्वयनमा गएको डेढ वर्षपछि मात्रै आफ्ना संगठन संघीय ढाँचामा बनाउन छलफल हुन लागेको हो । त्यसका लागि तदर्थ समिति वा निर्वाचन कार्यसमिति गठन गर्ने भन्ने विवाद देखिएको छ । तर संस्थापन इतर पक्षको विरोधका बाबजुद् तदर्थ समिति गठन हुने काँग्रेस नेता मीन विश्वकर्माले सीआईएनसँग बताउनुभयो । संस्थापन इतरका नेताले केहि दिन अघि बैठक गरी निर्वाचनको माध्यमबाट नै कार्यसमिति गठन हुनुपर्ने बताएका थिए । केन्द्रीय समिति बैठकको बस्नुअघि हिजो कांग्रेस शीर्ष नेताहरू गुटगत रणनीतिमा व्यस्त रहे । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा हिजो छलफलमा गरेका थिए । पौडेल पक्ष तत्काल महाधिवेसनमा जानुपर्ने दवाव दिने तयारीमा छ । पार्टीको प्रादेशिक संरचनादेखि भातृ संगठनका सन्दर्भमा बैठकले निर्णय लिने गरी एजेन्डा तय भएपछि दुवै गुट सक्रिय भएका हुन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.