काठमाडौ । रातो तारा डट कम,पोखराका रमेश नेपालीले आफ्नै श्रीमती लक्ष्मी नेपालीलाई जंगलमा लगेर
मारे । बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले अभियुक्त भनिएका रमेश नेपाली र उनका सहयोगीहरुलाई सार्वजनिक गर्यो ।
आफ्नो श्रीमती हत्या गर्ने योजना बिगत एक बर्ष देखी भएको र मामाकी छोरी संगको सम्बन्धका कारण श्रीमती मार्ने योजना बनाएको प्रहरीसामु उनले बताएका थिए ।
मोबाईल पसल गर्दै आएका उनी एक महिलाको हत्या गर्नुछ भन्दै साथीहरुसंग सहल्लाह गरेर भारतबाट मार्ने मान्छे बोलाएर मारेको प्रहरीले सार्वजनिक गरेको छ ।
यता लक्ष्मी नेपालीको पक्ष र मामाकी छोरी भनिएकी अनु नेपालीका पक्ष बिच प्रहरी कार्यालयमै हात हालाहालको अवस्था समेत आएको थियो ।
Post a Comment