मोहन कुमार राई-श्रावण ३२ गते । रातो तारा डट कम, संखुुवासभा-परापूर्व कालदेखि मनाइदै आएको हिलेजात्रा पर्व यस वर्ष केही फरक रुपबाट स्थानीयहरुले वास्तविक एवं व्यंगात्मक रुपमा गोरु साएर हिलेजात्रा पर्व पर्यटक भित्र्याउने उद्देश्यका साथ चैनपुरमा मनाइएको छ ।
कृष्णजन्माष्टमी सम्म मनाइने जात्रा पर्वको दोस्रो दिन शनिबार स्थानीय वासीहरुले रोपार नाच, जातजातीहरुको साँस्कृतिक झाकी, सहित लोक सास्कृतिक कार्यक्रमको आयोजना गरेर मनाएका छन् । चैनपुर बजार क्षेत्रमा रहेको सरस्ती मावि चैनपुरले रोेपाईनाचको आयोजना गरी दर्शकहरुको मन नै लोभ्याएको थियो ।
यसरी नै हिलेजात्रा पर्वको अवसरमा समसामयीक गतिविधिलाई समेटेर व्याङ्गात्मक शैलीमा चैनपुरका युवा कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । यसरी नै हिलेजात्रा पर्वको अवसरमा चैनपुर नगर क्षेत्रका मगर जाती, किराँत याख्थुम चुम्लुङ्ग नेवार समुदायको झाकी सहित आधा दर्जन विभिन्न जातजातिहरुका झाकी समेत प्रस्तुत गरेर दर्शकहरुलाई विहान सवेरै देखि अवेर सम्म मनोरञ्जन दिएको थियो ।
यसैगरी जिल्लाको खाँद्वारी, वाना, खराङ्ग लगायत जिल्लाको शहरी क्षेत्रमा नेवार समुदायले गाइजात्रा पर्व मनाएका छन् । यस पर्वमा जिल्लाका विभिन्न भाग एवं जिल्ला बाहिरबाट समेत हजारौको संख्यामा दर्शकहरुको घुइचो लागेको थियो ।
जात्रा पर्वकै अवसर पारेर आज यहाँका स्थानीय वासीहरुको एक समुहले वास्तवीक गोरु नारी साएर चैनपुर बजारमा रोपाइनाचको आयोजना गर्दा दर्शकहरु भने पेट मिचिमिच हाँसेको देखिन्थ्यो ।
वास्तविक गोरु नै नारी किन हिले जात्रा पर्वमा आउनु भयो भनि सोध्दा स्थानीय चनक बहादुर मुग्रातीले व्यङ्गात्मक शैलिमा जात्रा निकाल्ने क्रममा विकृति भित्रिएको भन्दै बुज्रुक वर्गलाई सवक दिन यस किसिमको कार्यक्रमको आयोजना गरेको समेत मुग्रातीले वताए ।
हिले जात्रा पर्वलाई थप व्यवस्थित गदै्र्र वेलुकी साझ राष्ट्रिय स्तरका कलाकारहरु इन्दिरा जोशी,अर्जुन चैनपुरे सहित आधा दर्जन कलाकारहरुले भरपुर मनोरञ्जन दिने कार्यक्रम रहेको चैनपुर समाज सेवा युवा क्लवका सचिव रमेश कर्मचार्यले जानकारी दिनुभयो ।
लोप हुन लागेको संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यबाट विभिन्न झाकीहरु सहित साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकोसमेत क्लवले जनाएको छ ।
Post a Comment