Websoft University

विराटनगरमा सनिवार निस्कने ऐतिहासिक ५२ औं राधाकृष्ण रथयात्राको तयारी तयारी पुरा


विराटनगर भाद्र ३ गते । रातो तारा डट कम, प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निस्कने ऐतिहासिक ५२ औं राधाकृष्ण रथयात्राको तयारी आयोजक समितले तिव्र बनाएको छ ।

आउँदो शनिबार विराटनगर – १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट पूजापाठ गरि निस्कने रथयात्राको तयारी तिव्र रुपमा भएको आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी गारएको हो ।

वि।स। १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन सुरू गरिएको हो । यस पटक निस्कने रथयात्रा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाएको राधाकृष्ण रथ यात्रा समारोह समितिका अध्यक्ष बावुराजा ओझाले जानकारी दिए । उनका अनुसार रथको लम्बाई २२ फिट, चौडाई १४ र उचाइ १८ फिट रहेको बताए । यस रथको अग्रभाव जुवाबाट ७५ फिट लम्बाइका दायाँ र बायाँ पट्टि फैलिएको डोरी रहेको छ । दायाँ पटिको डोरीमा पुरूष र बायाँँपट्टिको डोरीमा महिला भक्तजनहरूले समाइ उक्त रथ संचालन गर्ने परम्परा छ ।

ऐतिहासिक रथयात्रा आकर्षक र सफल बनाउन हेलिकप्टरबाट पुष्प गुच्छा वर्षाइने अध्यक्ष ओझाले बताए । ‘८० देखि ९० हजारको १ क्विन्टल फूल खरिद गर्ने हाम्रो लक्ष्य रहेको छ,’ उनले भने, ‘हेलिकप्टरबाट भक्तजनहरूलाई पुष्प गुच्छाले स्वागत गरिनेछ ।’ हेलिकप्टर र फुलको व्यवस्थापन गर्ने दाता खोजिने उनले बताए । साढे तीन बजे राधाकृष्ण मन्दिर परिसरबाट निस्किने रथयात्रा मेनरोड हुँदै महेन्द्र चौक, धरान रोड, बरगाडी हुँदै पुनः मन्दिर परिसरमा आएर विर्सजन हुनेछ ।

आयोजक समितिले रथलाई भक्तजनहरूलाई पूजापाठ गराउन ४० स्थानमा विश्राम गर्ने अध्यक्ष ओझाले बताए । उनका अनुसार पाँच लाख भक्तजनहरूले प्रत्यक्ष रुपमा रथयात्रामा सहभागि हुने जानकारी गराए । रथयात्राको अगाडी विभिन्न जातजातिका करिब ६० भन्दा बढी झाकिहरू प्रर्दशन गरिनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.